हामी कसैलाई पनि विरामी हुन रहर हुँदैन । विरामी ठिक हुन रोग को सहि निदान, तथ्यमा आधारित उपचार तथा स्याहार आवश्यक हुन्छ । विषेश गरि दिर्घ रोग तथा जेष्ठ नागरिक विरामीहरुलाई उपयुक्त उपचार संगसंगै उचित स्याहार जरुरी हुन्छ । स्टेप्स टु केयर परिवार यहाहरुको स्वास्थ्य उपचार सेवाको हरेक पाईलामा सहयोग तथा स्याहार गर्न समर्पित छौं ।
विरामी केन्द्रित, गुणस्तरमा निरन्तर सुधार, विश्वासिलो, छिटो छरितो र आदरका साथ हजुहरुको स्वास्थ्य उपचारकालागि तत्पर छौ ।
STEPS TO CARE- STC CLINIC
स्टेप्स टु केयर क्लिनिक एकान्तकुना चोक, ललितपुरमा विशेषज्ञ चिकित्सकहरुवाट विभिन्न रोगहरुको उपचारका लागि ओपिडि सेवा संचालित छ । अत्याधुनिक ल्याव तथा फार्मेसी, ईसिजी, एक्स रे तथा अल्ट्रासाउण्ड सेवाले विरामीहरुको रोग निदान तथा उपचारमा सहज भएको छ ।
विशेषताहरु
- विरामी केन्द्रित सेवा (आफ्नो स्वास्थ्य समस्याको वारेमा विशेषज्ञ चिकित्सक संग प्रयाप्त छलफल गर्नुहोस् । अत्यावश्यक मात्र टेस्टहरु गर्नुहोस् । कुनै संकोच नलिनुहोला तथा आवश्यक समय लिनुहोस् । )
- विशेषज्ञ चिकित्सकहरु दक्ष हुनुका साथै खुला र सहयोगी हुनुहुन्छ । हरेक विरामीलाई प्रयाप्त समय दिईने ।
- विरामीको सहज समयमा ओपिडि संचालन (सवेरै विहान देखि अवेर सांझ सम्म)
- छिटो तथा छरितो सेवा (कुर्नु नपर्ने)
- हरेक विरामीको गोपनियता कायम गरिने
- प्रयाप्त पार्किङ्गको सुविधा (निशुल्क)
होम केयर सेवा
घरमै प्रदान गर्न सकिने सेवाहरुको लागि दक्ष तथा अनुभवि टेक्निसियन तथा नर्सहरुको समुहले हजुरहरुको घरमै पुगेर सेवा प्रदान गर्नुहुन्छ ।
- घरमै नर्सिङ्ग सेवा (दक्ष तथा तालिमप्राप्त नर्सहरुवाट १२ घण्टा र २४ घण्टा सेवा प्रदान गरिने ।)
- ड्रेसिङ्ग तथा ईन्जेक्सन (दैनिक ड्रेसिङ्ग, सुचर निकाल्ने, क्याथेटर राख्ने वा निकाल्ने, सुई लगाईदिने जस्ता समान्य सेवाकालागि अस्पताल जानु पर्दैन । हाम्रा अनुभवी सेवा प्रदायकहरु तपाईका लागि घरमै आई सेवा प्रदान गर्ने छन् । )
- ल्याव टेस्टका लागि स्याम्पल कलेक्सन (गुणस्तरिय ल्याव जाँचका लागि कोल्ड बक्सको प्रयोग गरि स्याम्पल कलेक्सन गर्नको लागि टेक्निसियनहरु घरमै आउनुहुने छ ।)