घरैमा गुणस्तरीय नर्सिङ्ग सेवाको खाँचो छ ?
- One time Visit Care
- Day Care (8-12 Hour)
- 24 Hour Care
स्वास्थ्य उपचार सेवा हाम्रो जिवलकालमा निकै महत्वपुर्ण तथा संवेदनशिल हुन्छ । सहि निदान तथा उपयुक्त उपचारसेवा पाउन सकिएन भने सास्ती, खर्च र रोग बढ्दै जाने हुन्छ । आफु वा विरामी आफन्तलाई कस्तो सेवा आवश्यक परेको हो, सो सेवा कहाँ, कहाँ र कस्तो छ, खर्च कति लाग्छ लगायतका जानकारी भयो भने निर्णय गर्न सहज हुन्छ ।
उपलब्ध स्वास्थ्य उपचार सेवाहरुको एकिकृत जानकारी दिन र उपचार सेवा लिन सहज बनाउनका लागि Steps to Care स्थापना गरिएको हो ।
Steps to Care ले प्रमुख दुई क्षेत्रमा कार्य गर्दछ ।
पहिलो, स्वास्थ्य उपचार सेवा ( Steps Clinic बाट OPD सेवा, Pharmacy सेवा, ल्याव तथा Imaging जाँच सेवा प्रदान गरिन्छ । विरामी केन्द्रित सेवा पहिलो पल्ट हामीकहाँ अनुभव गर्न सकिन्छ । घरै वाट लिन सकिने सेवाहरुका लागी हाम्रा स्वास्थ्य कर्मिहरु हजुरहरुको उपचार सेवाका लागि घरमै पुग्नुहुनेछ ।
दोश्रो, स्वास्थ्य उपचार सेवालाई सहज बनाउनको लागि विरामी कुरुवा सेवा, यातायात सेवा तथा काठमाण्डौ बाहिरवाट आउने विरामी तथा कुरुवाको लागि सजिलो तथा सस्तो आवास सेवा उपलब्ध छ ।
हामी गुणस्तरीय स्वास्थ्य उपचार सेवा, उचित मुल्य, चुस्त ब्यवस्थापन, दक्ष सेवा कर्मी, सेवाग्राहीको आत्म सम्मानको कदर गर्ने र जवाफदेहि प्रणालीका लागि प्रतिवध्द छौ ।
हाम्रो प्रयास तपाईको सहजताको लागि हो ।
प्रदान गरिने सेवाहरुः
जिज्ञासा — हामी तपाईलाई सुन्छौं । तपाईको वा आफन्तको स्वास्थ्य सम्वन्धित समस्या निर्धक्क भन्नुहोस् । हामी तपाईको गोपनियता पुर्णरुपमा कायम गर्ने छौ । |
परामर्श — हामी तपाईलाई आवश्यक पर्ने उचित परामर्श दिन्छौ । उपलब्ध उपचार सेवाहरुको वारेमा जानकारी दिन्छौ ।
|
निर्णय — कस्तो उपचार सेवा लिने भन्ने निर्णय लिन हामी तपाईलाई सहयोग गर्छौ । |
सेवा —गुणस्तरीय, चुस्त तथा विरामी केन्द्रित स्वास्थ्य उपचार सेवाका लागि हामी अधिकतम प्रयासरत छौ । |
सम्पर्क गर्ने तरिका